हेटाैंडा – ओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई बधाई दिनुभएको हो ।
राष्ट्रपति भण्डारीले लेख्नुभएको छ,‘ओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई । यस्तै उहाँले नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस् भन्ने शुभकामना समेत दिनुभएको छ ।
ओमानमा जारी टी२० विश्वकप क्रिकेट छनौट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल नेपाली क्रिकेट टोलीका खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ! नेपाली टिमले विश्वकप क्रिकेट खेलेको हेर्न चाहने खेलप्रेमीको अपेक्षा पूरा गर्न सफल हुनुहोस्‚ अग्रिम शुभकामना !
— Bidya Devi Bhandari (@PresidentofNP) February 21, 2022











