LONDON, ENGLAND - OCTOBER 30: Cristiano Ronaldo of Manchester United celebrates scoring his sides first goal with Edinson Cavani during the Premier League match between Tottenham Hotspur and Manchester United at Tottenham Hotspur Stadium on October 30, 2021 in London, England. (Photo by Catherine Ivill/Getty Images)

काठमाण्डौ – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा उक्लिएको छ । आज बिहान ब्राइटनसँग भएको खेलमा युनाइटेड २–० गोलले विजयी भयो । क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नाण्डेजले गोल गरेपछि युनाइटेड शीर्ष चारमा उक्लिएको हो ।
रोनाल्डोले खेलको ५१ औं मिनेटमा र ब्रुनोले इन्जुरी समयमा गोल गरेका हुन् । खेलको ५४औं मिनेटमा ब्राइटन १० खेलाडीमा सीमित भएको थियो । जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंकसहित अंकतालिकामा चौथो स्थान छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौं स्थानमा छ । लिगमा म्यानचेस्टर सिटी ६३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै लिभरपुल ५४ अंकका साथ दोस्रो र चेल्सी ४७ अंकका साथ तेस्रो स्थानमा छ ।