काठमाण्डौ – आज १४ फेब्रुअरी, ुभ्यालेन्टाइन डेु अर्थात प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।
पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवसको मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ ।
ुभ्यालेन्टाइन डेु को सुरुवात सन् २६९ मा इटलीको रोमबाट भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो । आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा ुभ्यालेन्टाइन डेु का रूपमा मनाउन थालिएको हो ।