हेटाैंडा – बागमती प्रदेश सरकारले भाेलीबाट प्रदेशका ११९ वटै स्थानीय तहमा पिपिआर खोप लगाउने अभियान सुरु गर्दै छ । प्रदेशकाे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशका सबै स्थानीय तहमा भेडा बाख्राहरुमा पिपिआर रोग नियन्त्रण तथा रोकथामको लागि एक हप्ते खोप अभियान सुरु गर्न लागेकाे हाे ।
मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै भोली मंगलबारबाट सुरु हुने खोप अभियान फागुन २ गते सम्म चल्ने जानकारी दिएकाे छ । मन्त्रालयका प्रवक्ता राजन ढकालका अनुसार पहिलो पटक खोप अभियान संचालन गर्न लागेकाे र सबै स्थानीय तहहरुमा खोप केन्द्र र भ्याक्सिनेटर तयारी अवस्थामा रहेको छ । पहिलो चरणमा १ करोड १९ लाख बजेटको ११ लाख ९० हजार खोप मात्रा आएको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. रामप्रकाश प्रधानले बताउनुभयो । उहाँले प्रदेशमा भेडाको संख्या ९३ हजार ६३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २१७ रहेको बताउनुभयो । उहाँले हालका लागि खोपको मात्रा कम रहे पनि पहिलो चरणमा नपुगेको खोपको मात्रा दोस्रो चरणमा माग गरि ल्याउने बताउनुभयो ।