मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सकारात्मकताले भतृत्व बृद्धि हुने बताउनुभएको छ । हेटौंडा–५ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित जित अन्नकूट महोत्सव (छपन्न प्रकारका खानेकुरा) को सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख खुलालले सबैको सोँच र धारणा सकारात्मक हुनु पर्ने बताउनुभएको हो ।
सकारात्मकताले एक अर्कामा भातृत्व बृद्धि हुनुका साथै सहयोगको भावना बढाउने भन्दै प्रमुख खुलालले जुन सुकै धर्म सम्पर्दाय मान्ने भए पनि सबैको सोच भने सकारात्मक हुनु पर्ने बताउनुभयो । हिंसाले कसैको भलो नहुने भन्दै उहाँले सकारात्मक भएमा जस्तो सुकै अवरोधको सामना गर्न सहज हुने बताउनुभएको छ । हाम्रा अभिव्यक्ति व्यवहार सकारात्मक हुनु पर्नेमा प्रमुख खुलालको जोड थियो । प्रमुख खुलालले लक्ष्मीनारायण मन्दिरमा रहेको शीशमहलको अवलोकन समेत गर्नुभएको थियो ।