हेटौंडा – नेपालमा लगातार तेस्रो दिन आज सोमवार पनि कोरोना सङ्क्रमित भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना सङ्क्रमित थपिँदा ८ हजार १९१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ६२ हजार ८९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ७९ हजार २७२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै एन्टिजेन र पीसीआर गरी १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा पाँच हजार दुई सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सङ्ख्यामा एसएमएस र इमेलबाट प्राप्त भएको आरडीटी र एन्टिजेनको विवरण पनि समावेश भएको मन्त्रालयको भनाइ छ । यस्तै कोरोना सङ्क्रमणका कारण २४ घण्टामा आठ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ४३ पुगेको छ ।
यस्तै थप ३ लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड ६६ लाख ७० हजार ७ जनाले कम्तीमा एक मात्रा, १ करोड ४२ लाख ४ हजार २७० जनाले दुई मात्रा र ३ लाख ६९ हजार २२६ जनाले ुबुस्टरु मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।