काठमाडौैँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रको बैठक आज दिउँसो बस्ने भएको छ । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसो ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयाे ।
चितवनमा सम्पन्न एमालेले १०औँ महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण भएको थियो । बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरू सहभागी हुनुहुने छ । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनु भएका भानुभक्त ढकाल नेतृत्वको संयन्त्रको बैठकमा सबै जनसंगठनका राष्ट्रिय अधिवेशन/सम्मेलन आयोजनाका विषयमा छलफल हुने बताइएकाे छ । यसअघिको बैठकले फागुन मसान्तभित्र अधिवेशन/सम्मेलनका लागि आआफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय गरेको थियो ।









