पोखरा – गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका तीन जना उम्मेदवार निर्वाचित हुनुभएको छ । महिला कोटाबाट कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत गण्डकीमा तीन पदका लागि ६ जना उम्मेदवारको प्रतिस्पर्धा रहेको थियो । एमालेबाट महिलामा लीला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनाम उम्मेदवार हुनुहुन्थ्यो । बुधवार भएको राष्ट्रिय सभा निर्वाचनका लागि दुई जना मतदाता अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राप्रपाबाट निर्वाचित बागलुङका उपमेयर सुरेन्द्र खड्का र एमाले बाट निर्वाचित मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट मतदानमा अनुपस्थित भएको निर्वाचन कार्यालयले जनाएको छ ।