कपिलवस्तु । कपिलवस्तुको सीमा नाका कृष्णनगरमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुरज पाण्डे छन् । लक्ष्मी पूजाको मूर्ती विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा हिजो बेलुकादेखि कृष्णनगर तनावग्रस्त बनेको थियो ।

तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फयू आदेश जारी गरेको छ । बिहान ११ बजेदेखि अर्को आदेश नहुनजेलसम्मको लागि प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो । प्रदर्शनका क्रममा केही घाइते समेत भएका छन् । प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आज ३५ राउण्डभन्दा बढी हवाई फायर र लाठीचार्ज गरेको छ । #onlineradionepal