मकवानपुर – मकवानपुरमा शनिबार थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११० जनाको कोरोना परीक्षण गर्दा ७५ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ८५ जनाको परीक्षण गर्दा ५९ जनामा र एन्टिजेन विधिबाट २५ जनाको परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार योसंगै जिल्लामा कोरोना संक्रमित हुने संख्या १६९७२ पुगेको तथा हाल जिल्लामा सक्रिय संक्रमितको संख्या १५ सय रहेको छ । यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमणमुक्त भएसंगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको संख्या १५३९५ पुगेको छ ।