हेटाैंडा – थाहा नगरपालिकाको दशाैं नगरसभा बुधबार सम्पन्न भएको छ । नगरपालिकाका मेयर लवशेर विष्टको अध्यक्षतामा नगरसभा भएको हो ।
सभाले उपमेयर खड्गबहादुर गोपालीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को लागि रु. १ अर्ब २० करोड बराबरको संशोधित बजेट पारित गरेको छ । सभामा जिल्ला समन्वय समितिका सदस्य चित्रबहादुर बलामी, एमालेका नगर सचिवालय सदस्य प्रदिप प्रधान कांग्रेसका नगर सभापति प्रमोद जोशी, माओवादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझी लगायतले शुभकामना मन्तव्य व्यक्त गनुर्भएकाेथियाे । नगर सभाको अवसरमा उत्कृष्ट काम गरेवापत नगरपालिकामा कार्यरत सुरजकुमार भुजेल, मेघराज बलामी र पाल्साड लामा लाइ सम्मानसहित पुरस्कृत गरिएको थियो ।