पाल्पा – पाल्पाको रिब्दीकोट–२ लघुवामा मलामी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । लु १ ख ७२७९ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । स्थानीय शिक्षक दिपक कुवरका अनुसार बुटवलबाट रिडी मलामी बोकेर जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो । अन्य विस्तृत विवरण आउन बाकी छ ।