काठमाडौं – संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको थियो । संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले स्थगित गरिएको बताइन्छ ।