मकवानपुर – हेटौंडा उपमहानगरपालिकाले नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित विभन्न क्षेत्रमा योगदान पु¥याउने ८ जनालाई सम्मान गरेको छ । बिहीबार भएको १०औं नगरसभाका अवसरमा डा रुईतसहित सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याउने ८ जनालाई नगद २५ हजारसहित सम्मान गरेको हो ।

बिहीबार भएको नगर परिषद्को उद्घाटन कार्यक्रममा नेत्र विशेषज्ञ डा. रुइतसहित, हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र सामाजिक व्यक्तित्व आयना बार्का न्यौपाने, मूर्तिकार लक्ष्मण भुजेल, मकवानपुरका फुटबल खेलाडी अञ्जन विष्ट, सुनिल बल, आयुष घलान र वक्सिङ खेलाडी सुशील घिमिरेलाई २५÷२५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा डा रुईत भने काम बिशेषले सहभागि हुनुभएन । कार्यक्रममा उपमहानगरपालिकाका कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

चालु आवको खर्च २१.५४ प्रतिशत
यसैबीच हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म २१.५४ प्रतिशत अर्थात ६० करोड ५४ लाख रुपैयाँ खर्च भएको जनाएको छ । १०औं नगरसभाका अवसरमा कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ३४.११, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १२.८४, पूर्वाधार विकास तर्फ १६.८८, सामाजिक विकास तर्फ २५.७७ र आर्थिक विकास तर्फ ९.८९ प्रतिशत गरि कुल बजेटको २१.५४ प्रतिशत मात्र खर्च भएको जनाएको छ । उपमहानगरपालिकाले चालु आर्थिक आर्थिक वर्षका लागि कूल बजेट २ अर्ब ६० करोड १५ लाख ५२ हजार ९१० रुपैया बराबरको बजेट पारित गरेकोमा आज भएको नगर सभाले बजेट संशोधन गरेर कुल २ अर्ब ८५ करोडको बजेट प्रस्तुत गरेको छ ।
दुइ वडा थप अनुदान
यसैबीच उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७–७८ को वित्तिय प्रगतीको आधारमा दुई वडालाई पुरस्कार स्वरूप थप अनुदान प्रदान गरेको छ । आज सम्पन्न नगरसभाले प्रथम हुने १९ नम्बर वडालाई थप २० लाख र ९ नम्बर वडालाई १५ लाख रुपैयाँ थप अनुदान प्रदान गरेको छ ।











