मकवानपुर – मकवानपुरमा हालसम्म ३३ हजार बालबालिकाले कोरोनाविरुद्धको मोर्डना खोप लगाएका छन् । सोमबारसम्म जिल्लाका १० मध्ये ९ पालिकाका १२ देखि १७ वर्ष उमेर समुहका ३३ हजार १६४ बालबालिकाले खोप लगाएकोस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायका अनुसार जिल्लामा कुल ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य मध्ये हालसम्म ६० प्रतिशत अर्थात ३३ हजार १६४ जनालाई खोप लगाईएको हो । पौष ४ गतेदेखि सुरु भएको खोप अभियानमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका १५ हजार ४ सय ३४ जना र सबैभन्दा कम कैलाश गाउँपालिकाका ४ सय २९ जना बालबालिकाले खोप लगाएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, मनहरी गाउँपलिकामा ४ हजार ७ सय, थाहा नगरपालिकामा ३ हजार १ सय ८५, बकैया गाउँपालिकामा ३ हजार २ सय ६०, बागमती गाउँपालिकामा २ हजार ४८, मकवानपुरगढी गाउँपालिकामा १ हजार ८ सय ८४, भिमफेदी गाउँपालिकामा १ हजार ५ सय १२, इन्द्र सरोवर गउँपालिकामा ७ सय १३ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको उहाँले बताउनुभयो । जिल्लाको विकट राक्सिराङ गाउँपालिकाको भने तथ्यांक आइनसकेको समेत उहाँले बताउनुभयो । मकवानपुरमा पुस १४ गतेसम्म सम्म खोप अभियान संचालन हुने उहाँले जानकारी बताउनुभयो ।