पर्सा – पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित सत्तारुढ कांग्रेस, माओवादी र मधेसवादी दलका ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमाले पवेश गरेका छन । जगरनाथपुरमा आज आयोजित बिशाल सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिकाका निर्वाचित अध्यक्ष मियाँसहित सो संख्यामा एमालेमा स्वागत गर्नुभयो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित मियाँसहितका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने भएपछि अध्यक्ष ओली आज जगरनाथपुर आउनु भएको हो । गाउँपालिका स्तरीय कार्यक्रम भएपनि एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएपछि स्थानीय जनता स्वतःफुर्त रुपमा कार्यक्रममा सहभागी भएका थिए । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासहित ठूलो समुहलाई पार्टीमा स्वागत गर्न अध्यक्ष ओली आज यहाँ आउनु भएको हो । ओलीले आज सवैलाई स्वागत गर्दै सही पार्टी छनोट गरेकोमा बधाई दिनुभयो ।