काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलकाे अन्तिम १६ काे तालिका फेरि सार्वजनिक हुने भएकाे छ । यसअघि आज साेमवार दिउँसाे सार्वजनिक गरिएकाे तालिकामा ‘प्राविधिक गल्ती’ भएकाे भन्दै फेरि तालिका सार्वजनिक गरिने यूईएफएले जनाएकाे छ ।
यसअघिकाे तालिका अनुसार रियल मड्रिडले बेन्फिकासँग खेल्ने तय भएकाे थियाे । । यस्तै भिला रियलले म्यानचेस्टर सिटीसँग, बार्यन म्युनिखले एट्लेटिको मड्रिड र साल्जवर्गले लिभरपुलसँग खेल्ने तय भएकाे थियाे । यस्तै इन्टर मिलानले अजाक्ससँग, स्पोर्टिङले युभेन्ट्ससँग, चेल्सीले लिलसँग र पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले म्यानचेस्टर युनाइटेडसँग खेल्ने तय भएकाे थियाे । आउँदाे फेब्रुअरी १५ देखि च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेल सुरु हुनेछ ।