मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबारबाट भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ । भाटभटेनीले बुधवबारदेखि हेटौंडा–२ चौकीटोलमा २०औं शाखाको रुपमा आफ्नो सेवा शुभारम्भ गरेको हो ।
भाटभटेनीका अध्यक्ष तथा मीन बहादुर गुरुङले २०औं सुपर मार्केटको औपचारिक समारोहका बीच आज शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रबन्ध निर्देशक गुरुङले देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा स्टोर विस्तार गर्ने अभिायनमा रहेको बताउँदै हेटौंडामा शुभारम्भ भएको स्टोरसँगै देशभर २० वटा स्टोर सञ्चालनमा आएको बताउनुभयो ।
स्वदेशमै अन्तराष्ट्रिय स्तरको सपिङ सुविधाको अनुभव गराउनुका साथै धेरै युवाहरुलाई रोजगार प्रदान गरेर आय आर्जनबाट सामाजिक सेवा गर्ने उद्देश्यले व्यवसायलाई प्रवद्र्धन गर्दै अगाडि बढेको उहाँले बताउनुभयो । साढे १४ कट्ठामा निर्माण भएको सुरपर मार्केट कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटमा २ वटा बेसमेन्टसहित सहित ८ तले भवनमा सञ्चालनमा आएको हो । हेटौंडा भाटभटेनीमा १ अर्ब ५० करोड रुपँैया लागतमा सञ्चालनमा ल्याईएको बताईएको छ । स्टोरमा मकवानपुरका २ सय जनाले रोजगारी समेत पाएका छन् । यसअघि भक्तपुर, ललितपुर, काठमाडौ (उपत्यकामा ८ स्थानमा), सुनसरीको धरान, मोरङको विराटनगर, चितवनलगायत देशका ठूला सहरमा भाटभटेनीको शाखा संचालनमा आइसकेको छ ।