काठमाडौं– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा= डा= पुष्पराज कँडेल नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेल सहित सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा= उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।
पुनः नियुक्ति पश्चात् आज बिहीबार सिंहदरबार मा सम्माननीय प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष श्री केपी शर्मा ओलीसमक्ष शपथ ग्रहण गर्नु भएको हो । शपथ ग्रहण पश्चात् माननीय उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा एघार वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गर्नुभएको छ ।
