हेटौंडा – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनमा सभापतिकालागि आज भएको दोस्रो चरणको मतदानको मतगणना जारी रहेको छ । मतगणनामा हालसम्म १४०९ मतगणना हुँदा ईन्द्र बहादुर बानीयाँको अग्रता कायमै रहेको छ । सभापतिमा ईन्द्रबहादुर बानियाँले ७५५ तथा जगदिश्वर नरसिंह केसी ६४६ मत प्रात गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा कुल २१ सय ५१ मतमध्ये २०२५ मतदान गर्नुभएको निर्वाचन समितिका संयोजक केशव काफ्लेले जानकारी दिनुभयो । मतगणना जारी रहेको छ ।