मकवानपुर – स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवाला बिचको अन्तरकृया शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । अनौपचारी क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेशको आयोजना तथा मानव अधिकार समुअ हेटौंडा उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो ।

अन्तरकृया कार्यक्रममा सहभागिहरुले मकवानपुर जिल्लामा स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको आवश्यक्ता रहेको बताएका छन । कार्यक्रममा उहाँहरुले विशेष गरि हेटौंडा अस्पतालमा डाक्टर देखि सामान्य कर्मचारी सम्मको बिरामी माथि गर्ने व्यवहार राम्रो नभएको तथा औषधि नपाउने भन्दै त्यसमा सुधार गर्न आवश्यक रहेको बताएका थिए । उनिहरुले हेटौंडा अस्पतालमा डाक्टर र कर्मचारीको व्यवहार र बोलीले पिडामा परेका बिरामीलाई थप पिडा दिने कार्य हुने गरेको बताएका छन् । साथै उनिहरुले हेटौंडा उपमहानगरपालिकामा रहेका स्वास्थ्य केन्द्रहरुमा पनि सुधार गर्न आवश्यक रहेको बताएका छन् । वडाका स्वास्थ्य केन्द्रमा बिशेष गरि औषधि नपाउने समस्या रहेको उनिहरुको भनाई थियो । उनिहरुले हेटौंडा अस्पताल र नगर भित्रका स्वास्थ्य केन्द्रहरुमा स्वास्थय बिमाका औषधिहरु नपाईने समस्या रहेको बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको जरुरी रहेको भन्दै यसमा आफुले पहल गर्ने बताउनुभयो । सबै क्षेत्रमा जस्तै स्वास्थय क्षेत्रमा पनि व्यापारीकरण रहेको भन्दै यसको सुधारका लागि सबै मिलेर काम गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा मानव अधिकार समुह हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पतालमा सुधारका लागि आफुहरुले ज्ञापन पत्र बुझाएको र सुधारका लागि पहल गरेको जानकारी दिईएको थियो ।

No description available.

मानव अधिकार समुह हेटौंडा उपमहानगरपालिकाका संयोजक चन्द्रावती अधिकारीको अध्यक्षतामा एवम् मेयर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ नम्बर वडा सदस्य महेश्वरमान श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका स्वास्थय संयोजक भोला चौलागाई, समहुका सहसंयोजक किरण लामिछाने, नगर भित्रका विभिन्न वडाका स्वास्थ्य स्वयमसेवीका, आमा समुह, टोल विकासका प्रतिनिधिलगायतको सहभागिता थियो ।