चितवन – नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताउनुभएको छ । बन्दसत्रको उद्घाटन ढिलागरी सञ्चालन भएपछि थप कार्यक्रम नहुने एमालेका एक नेताले बताउनुभयो । स्रोतका अनुसार उम्मेदवारी दर्ता आइतबारका लागि सरेको छ ।