मकवानपुर – बागमती प्रदेशकाे मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डेले दाबी प्रस्तुत प्रस्तुत गर्नुभएकाे छ । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्याशी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाउनुभएको हाे ।
उहाँको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा राजनीति दलले समर्थनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समय सीमा निर्धारण गर्नुभएअनुसार मुख्यमन्त्री पदका लागि प्रत्याशी पाण्डेले आजै दाबी पत्र दर्ता गराउनुभएको थियो । यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिनुभएको राजीनामा आजै स्वीकृत भएपश्चात् प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गर्नुभएको थियो ।