मकवानपुर– मकवानपुरमा बुधबार बिहान ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित प्रादेशि कोरोना परिक्षण प्रयोगशाबाट प्राप्त रिपोर्ट अनुसार बुधबार विहान २६ महिला र ५३ पुरुष गरि ७९ जनामा संक्रमण पुष्टी भएको हो । असोज २५ गते संकलन गरिएको स्वाब परीक्षणमा ७९ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईले जानकारी दिनुभयो ।

20201014_054706-1602633933.jpg