हेटौंडा – नेकपा एमाले बागमती प्रदेशका सङ्गठन बिभाग प्रमुख एबम संविधान सभा सदस्य अनन्त पौडेलले मुलुक कायापलट गराउने नेपालमा नेकपा एमाले मात्र भएको बताउनुभएको छ । आज हेटौंडा १३ को वडा अधिवेशनमा बोल्दै समृद्ध नेपाल सुखी नेपालीका लागि एमाले नेतृत्वको सरकार आवस्यक रहेको बताउनुभयो ।

No description available.

एमाले अध्यक्ष के पी ओली पालामा भएको बिकास अन्य कसैको पालामा हुन नसक्ने उहाको भनाइ थियो । नेकपा एमाले कमजोर बनाउन एमालेका केही गद्दारले एमालेका केही नेताहरूले अर्को पार्टी गठन गरेर एमाले कमजोर बनाउने प्रयास गरेपनि त्यो सपना पूरा नहुने पौडेलले बताउनुभयो । सत्ता पक्षले प्रतिपक्षलाई भोट हालेर आफ्नै पार्टीलाई धोका दिनेलाई जनताले चिनेको पनि उहाँले बताउनुभयो ।केही नेताहरूले धोका दिएपनी जनताले सधै माया गरीरहेको र राष्ट्रिय राजनीतिमा एमालेलाई कसैले पनि हराउन नसक्ने उहाँले बताउनुभयो ।

No description available.

आजको अधिवेशनबाट पुन भिमबहादुर थिङ्को अध्यक्षतामा ३७ सदस्यीय कमिटी निर्बिरोध चयन भएको छ । जसको उपाध्यक्षमा आशिष थापा, सचीवमा उद्धब दङ्गाल, उपसचिव बिष्णु परीयार र बिष्णु हरि मिश्र रहेका छन् । नेकपा एमाले बागमती प्रदेश सङ्गठन बिभाग प्रमुख एबम संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष भिमबहादुर थिङ्को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य इन्द्र नेपाल, जिल्ला सदस्य प्रकाश दाहाल, कृष्ण खतिवडा, मनमाया अधिकारीलगायतको सहभागीता थियो । निर्बिरोध निर्वाचित कमिटीलाई नेता पौडेलले सपथ ग्रहण गराउनुभएको थियो ।