मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ८२औं बोर्ड बैठक सोमबार सम्पन्न भएको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतमा बसेको नियमित बोर्ड बैठकले दुईवटा निर्णय गरेको छ ।
बैठकले जिल्ला समन्वय समिति महासंघ नेपालको राष्ट्रिय परिषदको यहि असोज १५ गते आयोजना हुने बैठकमा सहभागि हुने र नजिकिदै गरेको बडादशैलगायत विभिन्न चाडपर्वका अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकले जिसस महासंघको राष्ट्रिय परिषद बैठकमा प्रमुख खुलालको नेतृत्वमा सदस्य देवराज रिमाल र गणेश कुमारी प्रधान सहभागि हुने निर्णय गरेको छ । यस्तै नजिकिदै गरेको बडा दशैलगायत चार्डपर्वका अवसरमा यहि असोज २० गते जिल्ला समन्वय समितिमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकमा जिसस सदस्य देवराज रिमाल, गणेश कुमारी प्रधान, सिता अधिकारी, बुद्धिबहादुर मुक्तान, सरिता विक, जिससका कर्मचारीहरु भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको उपस्थिती थियो ।