हेटौँडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ मा मदन भण्डारी स्पोर्ट्स एकेडेमी वडा कमिटी गठन गरिएको छ । शनिबार आयोजित भेलाले कृष्ण थापा मगरको अध्यक्षतामा एकेडेमीको वडा कमिटी गठन गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल ७ नम्बर वडा कमिटीको अध्यक्ष प्रेम चौलगाईको सभाध्यक्षतामा भएको भेलाले कृष्ण थापा मगरको नेतृत्वमा १४ सदस्यीय वडा कमिटी गठन गरेको हो । एकेडेमीको उपाध्यक्षमा सरोज रिजाल ,सचिवमा रिता तिमिल्सिना, सहसचिवमा सुप्रिम थापा, कोषाध्यक्षमा जिवन कार्की चयन भएका छन् । यस्तै सदस्यहरुमा संजिव घलान, सुशिला महत, कुसुम पाख्रीन, उमेश थापा , विक्रम बस्नेत , सागर फुयाल , लक्ष्मण ढकाल , नवराज त्रिपाढी , राजु भोन्जन , सुदिप लामा लगाएत चयन भएका छन् । यस्तै भेलाले प्रविन पौडेलको नेतृत्वमा राष्ट्रिय युवा संघ नेपाल ७ नम्बर वडा कमिटी समेत गठन गरेको एकेडेमीका ७ नम्बर वडा कमिटी ईन्र्चाज किरण लामिछानेले जानकारी गराउनुभयो ।