हेटौँडा – बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री डोरमणी पौडेलले नेकपा एमालेबाट विभाजित भएर केही व्यक्तिहरु गएपनि बाहिर एउटा ठुलो जमात खुशीसाथ पार्टी प्रवेश गर्ने लहर आएको बताउनुभएको छ । शनिबार राष्ट्रिय युवा संघ नेपाल ७ नम्बर वडा कमिटिको बृहत युवा भेलालाई सम्बोधन गर्दै पौडेलले अहिले नेकपा एमाले भित्र राष्ट्रिय राजनितिमा जुन स्थिति सिर्जना भईरहेको छ त्यो देखेर आम जनसमुदाय निराश हुनुपर्ने ठाँउमा ठिक त्यसको विपरित एकातर्फ पार्टी भित्रका केही व्यक्तिहरु अर्को पार्टी गठन गर्न लागी रहेछन भने अर्को तर्फ नेकपा एमाले भित्र राष्ट्रिय रुपमै पार्टी प्रवेशको लहर आएको दावी गर्नुभयो ।
पौडेलले आफुले प्रदेशको नेतृत्व लिईरहेको अवस्थामा हेटौंडालाई प्रदेशको राजधानी स्थाई बनाउँदै जिल्लामा महत्वपूर्ण विकासका कामहरु भएको बताउनुभयो । उहाँले मकवानपुरकै केहि प्रदेश सदस्यले प्रदेशको राजधानी हेटौंडा राख्न नमानिरहेको अवस्थामा समेत स्थाई रुपमा प्रदेशको राजधानी हेटौंडा राख्न आफु सफल भएको बताउनुभयो । यस्तै उहाँले माधव नेपालले प्रधानमन्त्री र अध्यक्ष पदको लागि पार्टी फुटाए, मैले पार्टीको लागि मुख्यमन्त्री पद त्यागे भन्दै अब जनता आफैँले पद ठूलो की पार्टी फरक छुट्याउने समय र मान्छे चिन्नुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै एक सय जना भन्दा बढी नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका छन् । उनिहरुलाई एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका डोरमणी पौडेल, एमाले बागमती प्रदेश सदस्य देवराज रिमाल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नगर अध्यक्ष शालिकराम पुडासैनी लगाएतका नेताहरुले टिका र खादा लगाएर स्वागत गरेका हुन् । कार्यक्रममा ७ नंबर वडाका वडा अध्यक्ष राजन थापा, नेकपा एमाले वडा नम्बर ७ का वडा ईन्चार्ज नवराज खतिवडा लगाएतको अतिथ्यता रहेको थियो ।
Home प्रमुख समाचार एमाले भित्र राष्ट्रिय रुपमै पार्टी प्रवेशको लहर आयोः निवर्तमान मुख्यमन्त्री पौडेल