सांकेतिक तस्विर

अब अस्पतालहरुले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यसका लागि कार्यविधि बनेको छ र अस्पतालहरुले स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्नेछ ।

साथै यो अस्पताल प्रयोजनका लागि मात्र अनुमति लिइएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयाे । साथै आरडीटी परीक्षणको शुल्क अस्पतालले लिनसक्नेछ । आरडीटी किटको खरिद मुल्यको बढीमा २० प्रतिशत रकम लिन सकिने उहाँले बताउनुभयाे ।