हेटौंडा- मकवानपुरमा थप ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा होम तथा संस्थागत आइसोलेसनमा उपचाररत ८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ जनामा कोरोनाको पीसीआर रिपोर्ट पाजेटिभ र ८ जनामा ऐन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १४ हजार २ सय ६८ पुगेको छ । कोरोनाको कारण हालसम्म जिल्लामा १५५ जनाको मृत्यु भएको छ ।