सिन्धुली– जिल्ला समन्वय समिति (जिसस) का प्रमुखहरुले कार्यालयमा कर्मचारी अभावलगायतका समस्या रहेको गुनासो गरेका छन् । जिल्ला समन्वय समिति ३ नम्बर प्रदेश महासंघको छैठौं पुर्ण बैठकमा सहभागिहरुले कार्यालयमा कर्मचारीको अभाव रहेको तथा भएका कर्मचारीले समेत काम नगर्दा समस्या भएको बताएका हुन् । विषेश गरि कार्यालयमा प्राविधिक कर्मचारीको अभाव रहेको तथा भएका कर्मचारीहरुले पनि काम नगर्ने समस्या रहेको उनिहरुले बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् ३ नम्बर प्रदेश महासंघका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा शनिबार सिन्धुली जिससको सभाहलमा बसेको बैठकमा उनिहरुले विषेश गरि कार्यालयमा कर्मचारी अभाव रहेको गुनासो गरेका हुन् । उनिहरुले कर्मचारी अभावका बिषयमा पटक पटक कुरा उठाउँदा समेत सरकारले वास्ता नगरेको बताएका हुन । बैठकमा सहभागि जिसस प्रमुखहरुले आफ्नो कार्यालयले सम्पादन गरेका काम तथा समस्या र चुनौतिका बारेमा छलफल गरेका थिए ।

बैठकमा बेल्दै महासंघ अध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिससको सक्रियताका आधारमा अधिकार प्राप्त हुने भन्दै जिससको सक्रियता अझै प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ । उहाँले अधिकार प्राप्तीकालागि जिससले आफ्नो सक्रियतालाई अझै प्रभावकारी रुपले कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । बैठकमा उहाँले जिससले समन्वय र सहजिकरणलाई व्यवस्थित गर्दै प्रभावकारीता बढाउनु पर्नेमा जोड दिनुभएको छ । बैठकमा प्रदेश सरकारबाट प्रप्त हुने बजेट तथा कार्यविधिका बारेमा समेत जानकारी दिनुभएको थियो ।

त्यस्तै जिल्ला समन्वय समितिले आफ्नो सक्रियता र प्रभावकारीता बढाउन जिल्लामा ढुंगा, गीट्टी, बालुवालगायत प्रकृतिका स्रोतको व्यवस्थापनमा ध्यान दिने, सहयोगापेक्षी सडक मानव मुक्त प्रदेश बनाउन योजना बद्ध ढंगले लाग्ने, बाल मैत्री स्थानीय तह निर्माणमा लाग्ने, समाज सुधार ऐन तथा लागु पदार्थ दुव्र्यशनी, एवम् पर्यटन वर्ष सफल बनाउन लाग्ने लगायतका निर्णय गरेको छ । त्यस्तै बैठकले जिससले जिल्लामा अनुगमन गर्दा योजनाबद्ध ढगले व्यवस्थित रुपमा गर्ने तथा आउँदै गरेको चार्ड पर्वका अवसरमा प्रदेश कमिटीका तर्फबाट सम्पुर्णलाई शभकामना व्यक्त गर्नुका साथै सबै जिससले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा प्रदेश नम्बर ३ का काठमान्डौं, धादिङ, सिन्धुली, सिन्धुपाल्चोक, काभे्र, ललितपुरलगायतका जिससका प्रमुख÷उपप्रमुखहरुको सहभागिता रहेको थियो ।