मकवानपुर– २०७२ साल बैषाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्र विन्दु बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको भुकम्पले देशका ३२ जिल्ला प्रभावित भए । भुकम्पका कारण थुप्रै धनजनको क्षति हुनुका साथै मानविय क्षती समेत व्यहोर्नु प¥यो । भूकम्पले देशभर करिब नौ हजारले ज्यान गुमाए भने २२ हजार भन्दा बढी घाइते भए । भूकम्पका कारण ८ लाख २५ हजार निजी घरसहित शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन तथा सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो ।
भुकम्पले क्षति र्पुयाएका जिल्ला मध्ये मकवानपुर पनि अति प्रभावित जिल्ला हो । उक्त भूकम्पमा परी मकवानपुरमा ३३ जनाले ज्यान गुमाएका थिए भने ७ सय ७१ जना घाइते भएका थिए । साथै भूकम्पका कारण जिल्लामा ४६ वटा सरकारी भवन, ६५ वटा स्वास्थ्य संस्था, १ सय २४ गुम्बालगायत मठ मन्दिरहरुमा क्षति भएको थियो । भुकम्प गएको ४ वर्ष पुरा भईसकेको छ, तर मकवानपुरमा पुनर्निर्माणको अवस्था भने संतोषजनक हुन सकेको छैन ।
जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र अन्य विभिन्न संघ संघ संस्थाले निजि आवास, सरकारी भवन, विद्यालय भवन, विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणको काम गरिरहेका छन् । तर ५ वर्षमा सम्पन्न गर्ने भनिएको पुनर्निर्माणको काम मकवानपुरमा अझै आधि पनि सम्पन्न हुन सकेको छैन । जिल्लामा ४ वर्ष विति सक्दा पुनर्निर्माणको काम करीब ५० प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणको तथ्याङकले देखाउँछ । जिल्लामा भूकम्प पछिको पुनर्निर्माणमा विशेषगरी लालपुर्जाबीहिन लाभग्राही, स्थानान्तरण सम्बन्धी समस्या, नगरपालिकाबाट पास भएको र भूकम्प प्रतिरोधि भवन मापदण्डको समस्या लगायत कारणले गर्दा पुनर्निर्माण प्रक्रियामा ढिलाई भएको कार्यालयले जनाएको छ ।

४१ प्रतिशत निजि आवास पुननिर्माण
भूकम्पले पूर्ण क्षति पुगेका मकवानपुरका ३४ हजार ३ सय १९ निजि आवास मध्ये चौध हजार १ सय ३५ परिवारले घर निर्माण गरेका छन् । अर्थात जिल्लामा करीब ४१ प्रतिशत निजि आवास पुननिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरको तथ्याङ्क अनुसार कुल लाभग्राहीमध्ये २९ हजार ५०५ परिवारले प्रथम किस्ता बापतको रकम पाएका छन् भने, २३ हजार ४६६ परिवारले दोस्रो किस्ताको रकम पाएका छन् । त्यस्तै, १८ हजार ६०० परिवारले तेस्रो किस्ताको रकम प्राप्त गरेका छन् ।
जिल्लामा कुल ९० हजार ९ सय ९४ घर सर्वेक्षण गरिएको मध्ये ३४ हजार ३ सय १९ जना लाभग्राही पहिचान भएका थिए । जस मध्ये हाल सम्म २८ हजार ८ सय ६३ जनासंग अनुदान सम्झौता भएको जसले पहिलो किस्ता समेत प्राप्त गरिसकेका छन् । जिल्लामा अझै पनि ५ हजार ८ सय ५६ जनासंग अनुदान सम्झौता हुन सकेको छैन् । भने जिल्लामा घर निमार्ण सुरु गर्ने लाभग्राहीको संख्या २४ हजार ३ सय ९४ रहेको कार्यालयका प्रमुख बिमल किशोर केपीले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लामा १२ हजार ९ सय ४६ निजि आवासको प्रबलीकरण गर्नुपर्ने पहिचान गरिएको छ । जस मध्ये ७ हजार ९ सय ७० जनासंग अनुदान सम्झौता भएर प्रथम किस्ता प्राप्त प्राप्त गरिसकेका छन भने अझै ५ हजार २ सय ६८ जनासंग प्रबलीकरणको सम्भौता हुन बाँकी रहेको तथा हाल सम्म ३ जनाले मात्र प्रबलीकरण अन्तरगतको दोस्रो किस्ता रकम बुझेको कार्यालय प्रमुख केपीले जानकारी दिनुभयो । त्यस्तै जिल्लामा ८ हजार छुट तथा पुनजाँच सर्वेक्षणकालागि गुनासो दर्ता भएको मध्ये ७ हजार ९६ जनाको छुट तथा पुनजाँच सर्वेक्षण सम्पन्न भएको उहाँले बताउनुभयो ।
त्यस्तै जिल्लामा २ सय ३३ जनाको निजि आवास प्राविधिक पुग्नु अगावै निमार्ण भएको पाईएको जसमध्ये ५५ जनाले यस्तै भुक्तानी पाइसकेका छन् भने हाल सम्म १५ जना लाभग्रहीले अनुदान रकम फिर्ता गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै जिल्लामा २६ जना लाभग्राही जोखिम युक्त बस्तीमा परेका लाभग्राही रहेको र २० जनाको जोखिम युक्त बस्तीबाट अन्यत्र जग्गा खरिद गरीएको प्रमुख केपीले जानकारी दिनुभयो । जिल्लामा कुल ६ सय २७ लाभग्रही जोखिम वर्गमा परेको उहाँले जानकारी दिनुभयो ।

भुमिहिन लाभग्राहीको समस्या
मकवानपुरमा भुकम्प पछिको पुननिर्माणमा भुमिहीनको समस्या सबै भन्दा ठुलो समस्याका रुपमा रहेको छ । मकवानपुरमा हाल सम्म भुमिहिन मध्ये ३ हजार ६ सय ४३ जना लाभग्राही पहिचान गरेर उनिहरुलाई अनुदान सम्झैताकालागि स्विकृति समेत प्रदान गरिएको छ । मकवानपुरमा सबै भन्दा बढी एक हजार ८ सय १९ घर बकैया गाउँपालिकामा भुमिहिन रहेका छन् भने सबैभन्दा कम जना कैलाश गाउँपालिकामा रहेका छन् । भूमिमहीन लाभग्राहीहरु हेटौंडा उपमहानगरपालिकामा ४ सय ६६, थाहा नगरपालिकामा चार, इन्द्रसरोवरमा तीन, बागमतीमा २ सय ६२, भीमफेदीमा ६७, मकवानपुरगढीमा १८८, मनहरीमा ८०७ र राक्सिराङमा गाउँपालिकामा २५ जना रहेका छन् । भूमिहीन लाभग्राहीका लागि जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय तहको सिफारिसमा साबिक कै स्थानमा घर बनाउने पाउने निर्णय गरेको छ । लालपुर्जा भएको जग्गा खरिद गर्न चाहनेले नेपाल सरकारबाट थप दुई लाख पाउने छन् ।

कार्ययोजनाका साथ पुननिर्माणको काम
जिल्ला आयोजना ईकाईले मकवानपुरमा पुर्ननिर्माणको काम समयमै सक्ने गरि कार्ययोजना नै बनाएर काम गरिरहेको छ । ईकाईले समयमै पुनिर्माणको काम सम्पन्न गर्न र पुननिर्माण लाभग्रहीको व्यवस्थापनकालागि कार्ययोजना बनाएको हो । कार्यालयले नयाँ थपिएका लाभग्रहीको सुचि स्थानीय तहलाई पठाउने, पहिलो किस्ता लिएर घर निर्माण नगर्ने लाभग्राही को सुचि वडा स्तरमा टाँस्न लगाउने, लाभग्रहकिो यथार्त विवरण संकलन गर्ने, पहिलो किस्ता बापतको रकम बैंकमा जममा भई हाल सम्म खातामा रहेको लाभग्रहीको सुचि वडा स्तरमा टाँस्न लगाउने, घर निर्माण गर्न ईच्छुक नभएका लाभग्राहीसंग नाम कट्टा गर्न मञ्जुरी लिने, असोज मसान्त माघ मसान्त सम्म सम्म निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्ने, टास्क पोर्स परिचालन गरि लाभग्राहीको यर्थात सुचि तयार गर्ने, प्रवलीकरणमा परेका लाभग्राहीलाई प्रवलीकरणको विषयमा जानकारी गराई प्रवलीकरण गर्न ईच्छुक बनाउने र घर प्रबलीकरण गर्न चाहने लाभग्राहीको टास्क फोर्स मार्फत प्रत्येक घरको डिजाईन तयार पार्ने गरि कार्यालयले योजना बनाएर काम गरिरहेको आयोजना प्रमुख केपीले जानकारी दिनुभएको छ ।
राष्ट्रियय पुन निर्माण प्राधिकरणले तोकेको समय सिमामा मकवानपुरमा निजि आवास पुननिर्माणको काम सम्पन्न हुने अवस्था देखिदैन् । प्राधिकरणले साविकको स्थानमा घर पुन निर्माण गर्न चाहने लाभग्राहीको नामावली संकलन गर्ने समय सिमा २०७६ पौष १५ गते सम्म, गुनासो÷पुन सर्वेक्षणबाट लाभग्राही कायम गर्ने र टुङ्गो लगाउन २०७६ पौष मसान्त सम्म, प्रथम किस्ता लिई सक्नु पर्ने सीमा २०७६ माघ मसान्त, दोस्रो किस्ताको समय सीमा २०७७ साख मसान्त र तेस्रो किस्ता लिईसक्नु पर्ने समय सीमा २०७७ असाढ मसान्त सम्म तोकेको छ । साथै प्राधिकरणले कबुलियत नामा गरेर पहिलो र दोस्रो किस्ता लिन सक्ने व्यवस्था समेत गरेको कार्यालय प्रमुख केपीले जानकारी दिनुभयो । साथै समयमै घर निर्माण सम्पन्न गर्न नसकेको अवस्थामा अनुदान रकम फिर्ता गर्नुपर्ने समेत उहाँले बताउनुभएको छ ।
(२०७६ साल पौष ६ गते सम्मको तथ्याङ्कमा आधारीत)

हाल सम्म देशभरीकाे निजी आवास अनुदान वितरणकाे अवस्था

कुल सर्वेक्षण घरधुरी१०३६५६८
लाभग्राही सुचीमा परेका कुल संख्या८१६५६०
प्रबलीकरण सुचीमा परेका लाभग्राही संख्या६९९७३
अनुदान सम्झौता सम्पन्न७८०८०२
पहिलो किस्ता वितरण७६९९२६
दोश्रो किस्ता वितरण६२१४४१
तेस्रो किस्ता वितरण५२५२३३
निजि आवास पुनर्निर्माण
निर्माण सम्पन्न भएका घर४८२३२३
बन्दै गरेका घरहरु६७१५०६
दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या६३६४२४
दोश्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरीएका लाभग्राही संख्या६३२२१७
तेस्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या५४७५३०
तेश्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरीएका लाभग्राही संख्या५४३४७९
गुनासो ब्यबस्थापन
दर्ता भएका कुल गुनासो३०६८५८
पुनरावलोकन गरिएका गुनासो३०६८५८
फर्छौट भएका गुनासोहरु३०६८५८
छुट सर्वेक्षण तथा पुन:जाँच
छुट तथा पुनःजाँच सर्वेक्षण (पहिलो चरण)१२५४१०
छुट तथा पुनःजाँच सर्वेक्षण फर्छौट (पहिलो चरण)१२२०००
छुट तथा पुनःजाँच सर्वेक्षण (दोस्रो चरण)१८५०००
छुट तथा पुनःजाँच सर्वेक्षण फर्छौट (दोस्रो चरण)N/A