हेटौंडा – हेटौंडामा नागरिक समाज स्तरबाट गत मंगलबार देखि सुरु गरिएको निःशुल्क ज्वरो र डेङ्गु परीक्षण शिविरमाको आज सुक्रबार समापन गरिएको छ । ४ दिन हेटौंडा अस्पतालमा संचालन भएको सिविरमा ३१४ बिरामीहरुले सेवा लिएको र त्यस मध्य १२ जनामा डेङ्गु देखिएको टोल बिकास संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहालले जानकारी दिए । मंगलबार देखि हेटौंडा अस्पतालमा संचालन भइरहेको सिविरमा ज्वरो सङ्ग सम्बन्धित रोगहरुको परिक्षण भइरहेको छ ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको अगुवाइमा हेटौंडा उपमहानगरपालिका र हेटौंडा अस्पतालको सहकार्यमा निःशुल्क ज्वरो उपचार कक्ष स्थापना गरि निःशुल्क रुपमा ज्वरोको र डेङ्गुको परीक्षण शिविर सञ्चालन गरिएको महासचिव दाहालले जानकारी दिए । बिगत केही समयदेखि मकवानपुर जिल्ला भर नै डेङ्गुको महामारी फैलिएको सन्दर्भमा नागरिक समाज स्तरबाट नै यसको न्यूनीकरण गर्न र थप फैलनबाट रोक्नका लागि शिविर आयोजना गरिएको महासचिव दाहालले जानकारी दिए । सिबिरमा हेटौंडा उपमहानगरपालिका लगाएत मकवानपुरका विभिन्न पालिकाहरुबाट समेत बिरामीहरुले सेवा लिएको नगर समन्वय समितीका अध्यक्ष धुर्ब अधिकारीले जानकारी दिए । सिबिरमा टोल बिकास संस्था मार्फत डेङ्गु र ज्वरो सङ्ग सम्बन्धित रोगहरुका बारेमा आम सर्बसाधारण नागरिकहरुलाई समेत जानकारी गराई सचेत गराइएको अध्यक्ष अधिकारीले जानकारी दिए । अध्यक्ष अधिकारीले डेङ्गु लगाएतका ज्वरो र ज्वरो जन्य रोगको परिक्षणका लागि फेरि नयाँ अभियान टोल बिकास संस्था मार्फत संचालन गर्ने बताए ।