सरकारले आज न्युनतम् साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । जसका लागि सत्तारुढ गठबन्धनका शीर्ष नेता र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरुबीच अहिले छलफल भइरहेको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरू सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाउनुभएको थियो । साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत विषय समेटिएको बताइन्न्छ ।