मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थिगत ऐतिहासिक चुरियामाई सुरुङ्को पुननिर्माणको काम सुरु भएको छ । बागमती प्रदेश र प्रदेश नम्बर २ को सिमामा रहेको १०४ वर्ष पुरानो ऐतिहासिक चुरियामाई सुरुङ्गको पुननिर्माणको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्याश गर्नुभएको हो ।

पुननिर्माणको शिलान्याश गर्नुहुँदै मुख्यमन्त्री पौडेलले लामो इतिहासको संरक्षण गर्ने र पर्यटन प्रबद्र्धन गर्ने उदेश्यका साथ सुरुङ्मार्गको काम सुरु गरिएको बताउनुभयो । उहाँले पुरानो प्राबिधिक गौरवको विषयलाई जिवन्त राख्न, इतिहास मर्न नदिन साथै उक्त क्षेत्रलाई पर्यटन सङ्ग जिड्न सकिने हाँदा पुननिर्माण सुरु गरिएको उहाँको भनाई थियो । सबै क्षेत्रको बिकास लाई जोड्ने ब्यबस्थित पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उहाँले बताउनुभयो । सो क्रममा उहाँले २०१९ सालमा उक्त मार्ग हुँदै अमलेखगञ्ज सम्म गएर रेलमा रक्सौल गएको स्मरण गर्नुहुँदै यसको निर्माणले दुइटा प्रदेशको बृजको रुपमा काम गर्ने बताउनुभयो ।

तत्कालीन अवस्थामा ५०० को सुरुङ मध्ये प्रदेश सरकारले १९८ मिटर बनाउन लागेको भन्दै उहाँले छोटो भएनी यसलाई सुचारु गर्ने योजना रहेको बताउनुभयो । उहाँले निर्माण ब्यबसायीले ढिलो गर्ने भएको भन्दै यसलाई कुनै पनि बहनमा समय बढाउने काम किमार्थ स्विकार्य नहुने बताउनुभयो । उहाँले स्थानीयलाई निर्माण कार्यमा बिषेश ध्यान दिन आग्रह गर्नुहुँदै काम सबैको भन्ने भावना राख्न आग्रह गर्नुभयो । शिलान्यास भन्दा यसको सम्पन्नताले महत्व राख्ने बताउनुहुँदै नयाँ बर्षमा सुरुङ्ग हिड्ने चाहाना पूरा गर्ने गरि काम गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालले सरकारले निर्माणको बाताबरण बनाउने भन्दै निर्माण कम्पनीले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले सम्पदा संरक्षण गर्न सरकार सदैव तयार रहेको बताउनुभयो । प्रदेशका अन्य सम्पदालाई पनि संरक्षण गर्न समेत सरकारले काम गर्ने उहाको भनाई थियो । सुरुङमार्ग निर्माणमा बागमती प्रदेश र प्रदेश नम्बर २ को सहकार्य हुने समेत उहाँले बिश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिर्ण अवस्थामा रहेको एसियाकै ऐतिहासिक पृष्ठभुमि बोकेको सम्पदाको पुननिर्माणको काम प्रदेश सरकारले गरेर पर्यटकिय स्थलका रुपमा विकास गर्न लागेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ईतिहासलाई जगेर्णा गर्ने कार्यको सुरुवात भएको भन्दै समयमै सम्पन्न गरेर पुरस्कृत हुन निर्माण व्यवसायिलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय मार्फत २०७९ साल बैषख १९ गतेसम्म सम्पन्न गर्ने गरि माउन्टेनईन्फ्रा कम्पनी लिमिटेडसंग ३ करोड ३६ लाख १३ हजा ८७८ रुपैयामा ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको हो । १९८ मटिर लम्बाई, २ दशमलव ५ मिटर चौडाई र ३ मिटर उचाई रहेने गरि मर्मत कार्य गरिने उक्त आयोजनामा पुरातात्वीक विभागको समेत समन्वय रहेको छ । पुरानो संरचना नबिग्रने गरि सुरुङ्मार्गको पुननिर्माण गर्न लागिएको हो । बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, प्रदेश युवा परिषद् उपाध्यक्ष सन्तोष चौलागाईं, प्रमुख सचिब डा मुकुन्द पौडेल,भौतिक पुर्वाधार सचीव सन्जिब बराललगायतको उपस्थित् थियो ।