मकवानपुर – बागमती प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बागमती प्रदेशसभाबाट पारित विधेयक प्रमाणित गर्नुभएको छ । उहाँले प्रमाणीकरण गर्नुभएको ‘प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’’ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । बागमती प्रदेशसभा सचिवालयबाट प्रमाणित भई आएको सो विधेयकलाई प्रदेशप्रमुख प्रसाईंले संवैधानिक प्रक्रिया पूरा गरी आजै प्रमाणीकरण गर्नुभएको र सोकोे जानकारी बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिनुभयो ।