मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सोमबार हेटौंडा उपमहानगरपालिका भित्रका विभिन्न आयोजनाहरुको स्थलगत अनुगमन गर्नुभएको छ । प्रमुख खुलालले जिल्ला समन्वय समितिको मौजदात कोषबाट निर्माणधिन एवम् अन्य योजनाहरुको स्थलगत अनुगमन गर्नुभएको हो ।

प्रमुख खुलालले मौजदात कोषबाट हेटौंडा–५, स्थित बालज्योति माविमा निर्माणधिन शौचालन भवन र हेटौंडा–१८ स्थित हर्नामाडी स्वास्थ्य चौकी भवनको अनुगमन गर्नुभएको हो । बालज्योति माविमा ४२ लाखको लागतमा निर्माणधिन शौचालय भवनका लागि ३० लाख र ४२ कै लागतमा निर्माणाधिन हर्नामाडी स्वास्थ्य चौकीका लागि मौजदात कोषबाट २७ लाख रुपैयाँ उपलब्ध गराईएको छ । त्यस्तै उहाँले पर्यटकीय क्षेत्र जुरेथुम र हेटौंडा ५ स्थित पिप्ले युवा क्लबले निर्माण गरिरहेको मिनी रंगशालको पनि अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा खुलालले कामलाई छिटो छरिटो एवम् सुरक्षित हुने किसमको निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । अनुगमन टोलीमा १७ नम्बर वडा अध्यक्ष भैरबबहादुर राई, जिससका नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो ।