मकवानपुर– मकवानपुर जिल्लाकै महत्वपुर्ण धार्मिक स्थल कुष्माण्ड सरोवर विकास समितिको १० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कुष्माण्ड सरोवर विकास समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेको अध्यक्षता तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सधारणसभाले पुनः ईश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन छ । समितिको उपाध्यक्षमा कुमार पौडेल, नेत्रलाल धिमाल र ज्ञानु कुवँर सचिब ताराप्रसाद लामिछाने, सह सचिब कमल सापकोटा तथा कोषाध्यक्षमा मणिप्रसाद सुवेदी चयन हुनु भएको छ । यसैगरी अन्य १२ जना सदस्यमा चयन भएका छन् । यस्तै साधारण सभाले नारायणप्रसाद कँडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि चयन गरेको छ ।

साधारण सभामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो ।