म्यानमारमा रहेका नेपालीलाइ लिएर जहाज काठमाण्डौ आइपुगेको छ । बिहान १० बजेर ५० मिनेटमा म्यानमारबाट आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । जहाजले म्यानमारबाट २५ जना नेपाली बोकेर जहाज आएको विमानस्थल कार्यालयले उज्यालोलाई जानकारी दिएको छ । म्यानमारले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो ।