मकवानपुर – मकवानपुरमा थप १० दिन निषेधाज्ञा थप गर्दै असार ३१ गतेसम्म पु¥याइएको छ । तोकिएको पसल र यातायात मात्र सञ्चालन गर्न पाईने गरि १० दिन निषेधाज्ञा थप गरिएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने सिफारीस गरेको थियो । जिल्लामा कोरोनाको महामारी अझै पनि कम नभएको भन्दै सोहि सिफारीसका आधारमा निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार भोलि असार २१ गते राति १२ बजेदेखि असार ३१ गते बिहिबार राति बजेसम्म थप १० दिन निषेधाज्ञा थप्ने निर्णय गरिएको हो । तोकिएका व्यवसाय र क्षेत्र साविक अनुसार नै संचालन हुने तथा तोकिएको यातायात मात्र सञ्चालन गर्न पाईने गरि यसअघिको निषेधाज्ञाको निर्णय अनुसाररै निषेधाज्ञा थप भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । मकवानपुरमा जारी निषेधाज्ञामा यस अघि निजी सवारी जोर बिजोर अनुसार चल्न पाउने तथा तोकिएको व्यासाय पालै पालो सञ्चालन गर्न पाईने गरि निषधाज्ञा जारी भएको थियो । जिल्लामा सार्वजनिक सवारीहरु संचालनमा भने अझै रोक लगाइएको छ ।