हेटौंडा – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार पिसिआर र एन्टिजेन विधिबाट २७६ जनामा गरिएको परिक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको हो ।
९४ जनाको पीसीआर परिक्षण गर्दा ४३ जनामा र १८२ जनाको एन्टीजेन परिक्षण गर्दा ७७ जना गरी १२० जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ । यस्तै पपछिल्लो २४ घण्टामा जिल्लामा थप ११३ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोनाका जिल्लमा पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएर हेटौंडा अस्पतालमा उपचारको क्रममा उनिहरुको मृत्यु भएको हो । यो संगै जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय २० जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।