देशभर आज थप २ हजार २ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ८३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ५ सय ८४ जना तथा ४ हजार ३ सय २१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय १३ जना गरी जम्मा २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट गएको २४ घण्टामा ३ हजार १ सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ५९ हजार ९ सय २८ जना निको भएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८९ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभरि आज कोरोना सङ्क्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।