हेटौंडा– राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरले भीमफेदी कोविड आईसोलेसन सेन्टरमा मनोरन्जनात्मक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। कोभिडको महामारीमा यस विरुद्ध आईसोलेसन सेन्टरमा हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको हो।
कार्यक्रममा गायनतर्फ राष्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका ईन्चार्ज आशाकाजी श्रेष्ठ, संघका उपाध्यक्ष पुर्ण विक्रम अधिकारी, सचिव रेश्मी कार्की, स्थानीय गायक आशिष अस्लामी,मनोज शाही,भुपेन्द्र राना र नीर्त्य तर्फ सचिवालयका नीशा पुडासैनी लगायतको प्रस्तुति रहेको थियो । कार्यक्रमका विशेष अतिथि भीमफेदी गाऊपालिकाका उपाध्यक्ष पार्वती रानाज्युले अहिलेको यस विषम परिस्थितिमा महासंघले यस किसिमको आईसोलेसन सेन्टरमा मोनोटोनस हटाउन गरीएको सांगीतिक कार्यक्रम प्रशंसा योग्य कार्य भएकोले आउदा दिनहरूमा गाऊपालिकाको साथ सहयोग रहने र यस प्रकारको कार्यक्रमको निरन्तरता रहनुपर्नेमा उहाँको विशेष जोड रहेको थियो। साथै भीमफेदी कोविड आईसोलेसनमा रहनु भएका योद्धाहरूलाई कोरोना विरुद्धको लडाईमा शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नुभएको थियो। रास्ट्रिय जनसाँस्कृतिक महासंघ मकवानपुरका अध्यक्ष राजु राम राउतको सभाध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाऊपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहेको थियो भने वडा नम्बर ५ का अध्यक्ष जहारसिङ लामाको आतिथ्यता रहेको थियो ।