वेल्सले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । गएराति भएको खेलमा टर्कीलाई २–० गोलले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो । वेल्सका आरोन राम्से र कोनर रोबट्र्सले एकरएक गोल गरे । जितसँगै वेल्सले दुई खेलमा चार अङ्क जोडेको छ । वेल्सले नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । टर्कीको यो लगातार दोस्रो हार हो । टर्कीलाई पहिलो खेलमा इटलीले ३–० गोलले हराएको थियो । टर्कीको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।










