मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन सेन्टरमा पोषिलो खानेकुरा सहयोग प्राप्त भएको छ । नेकपा एमालेका नेताहरुले आइसोलेसनमा पोषिलो खानेकुरा सहयोग गर्नुभएको हो ।
आइसोलेसनमा रहेका बिरामीहरुका लागि पोषिलो खानेकुरा सहयोग गरिएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, बागमती प्रदेश कमिटी संगठन बिभाग प्रमुख अनन्त पौडेल, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलगायतको टोली आज मनहरी आइसोलेसनमा पुगि आइसोलेसनको अवस्था बुझ्नुका साथै पोषिलो खानेकुरा हस्तान्तरण गर्नुभएको हो । जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पार्टिको जिल्ला कमिटी, स्थानीय तहका कमिटी, जनबर्गिय संगठनहरु, पार्टीका स्थानीय तहका जनप्रतिनिधिहरुलाई सक्रिय गराउने पार्टिको जिल्ला कमिटीको निर्णय अनुसार उहाँहरु आज मनहरी आइसोलेसनमा पुग्नुभएको हो । एमाले मकवानपुरले सामाजिक दुरी कायम गर्दै संगठनका बैठकहरु बस्ने र कोरोना नियन्त्रणका लागि काम गर्ने निर्णय गरेको छ ।