काठमाण्डाै – सरकारले नेपालका मौलिक उत्पादनको निर्यातलाई जोड दिने भएको छ । आउँदो आर्थिक वर्षको बजेटमा अलैँची, चिया, कफी लगायत मौलिक उत्पादनलाई निकास प्रवर्द्धन गरिने उल्लेख छ । यस्तै नेपालको हिमालको पानीलाई प्रशोधन गरेर विदेश निर्यात गर्न निजी क्षेत्रलाई हौसला दिने उल्लेख छ । यस्तै नदीजन्य पदार्थ निर्यात गरेर व्यापार घाटा कम गरिने बजेटमा उल्लेख छ । बालुटा, ढुङ्गा र गिटीको निर्यात गर्न प्रोत्साहन र छुट दिने बजेटमा उल्लेख छ ।