काठमाडौं– सरकारले बृद्धभत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हाल मासिक ३ हजार रुपैयाँ रहेको वृद्धभत्ता ४ हजार पुर्‍याइएको घोषणा गर्नुभयो । त्यसका लागि एक खर्ब रुपैयाँ छुट्याइएको छ ।