मकवानपुर– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा निर्वाचित हुनुभएका डा. खिमलाल देवकोटाले संविधान र संघीयता पक्षधरको विजय भएको बताउनुभएकाे छ । आज भएको निर्वाचनमा बिजयी भएपछि संछिप्त प्रतिकृया दिनुहुँदै मेरो विजय सिंगो संविधानको विजय भएको बताउनुभयो ।

No description available.

देवकोटाले स्वतन्त्र उमेद्वारी दिएको भएपनि विपक्षी दलको समेत सहयोगमा आफु विजयी भएको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो–“मेरो विजय सिंगो संविधानको विजय हो, संविधान र संघीयता पक्षधरको विजय हो, विपक्षी दलहरुको पनि सहयोगमा मैले जिते, उम्मेद्वारी स्वतन्त्र दिएको थिए ।” उहाँले सम्वीधानको रक्षाका लागि उमेद्वारी दिएको र विजयी भएको बताउँदै संविधानको सक्षामा आफ्नो भुमिका हुने बताउनुभयो ।

No description available.

आज सम्पन्न उपनिर्वाचनमा देवकोटाले निकटतम प्रतिद्वन्दी नेकपा एमाले नेता तथा गृहमन्त्री बादललाई एक हजार ७४ मतभारले पराजित गर्नुभएको हो । निर्वाचनमा देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्नुभयो, भने थापाले ४ हजार १४ मतभार प्राप्त गर्नुभयो । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ । उपनिर्वाचनमा प्रदेश तर्फ कुल १०५ मतदान भएको मध्ये देवकोटाले ५८ अर्थात २७८४, थापाले ४५ अर्थात २१६० र तामाङ्ले २ अर्थात ९६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै स्थानीयतह तर्फ देवकोटाले १२८ अर्थात २३०४, थापाले १०३ अर्थात १८५४ र तामाङ्ले २ अर्थात ३६ मत प्राप्त गर्नुभएको हो । कुल ३ सय ४८ मतदाता मध्ये ३ सय ३८ जनाले मात्र निर्वाचनमा मतदान गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो । ४८ मतभार रहेको प्रदेशसभातर्फ १०९ मध्ये एक सय ५ जना र १८ मतभार रहेका ११९ स्थानीय तहको २३८ मतदाता मध्ये २ सय ३३ जनाले मतदानमा भाग लिनुभएको थियो ।
उपनिर्वाचनमा एमालेका तर्फबाट सुर्य चिन्हमा रामबहादुर थापा (बादल), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा कलम चिन्हमा स्वतन्त्र रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको थियो । भने, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तर्फबाट मादल चिन्हमा कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको थियो ।