हेटौंडा– देशकै उत्कृष्ट मध्ये मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट क्याम्पसको नयाँ कार्यसमिति चयन गरिएको हो ।
नव निर्वाचित कार्यसमितिको अध्यक्ष अनन्त पौडेल र लेखा समितिको अध्यक्षमा हरि हुमागाई निर्बिरोध निर्वाचित भएका थिए । समितिको सदस्यकोलागि भने निर्वाचन भएको थियो । शनिबारको निर्वाचनबाट सदस्यहरुमा कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, बद्री प्रसाद लंसाल, बिष्णुप्रसाद दाहाल, कृष्ण प्रसाद धिताल, प्रलाद लामिछाने, अशोक शाक्य र राजिव सुवेदी निर्बाचित हुनुभएको छ ।
आठ जना सदस्यका लागि १४ जनाको उमेदवारी परेपछि निर्वाचन भएको हो । १४ मध्य ५ जनाले उमेद्वारी पिर्ता लिए पनि ९ जनाको उमेद्वारी कायम रहेका कारण निर्वाचन गर्नुपरेको थियो । थियो । निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले वताउनुभयो । क्याम्पसका ५५ जना सदस्य रहेका छन् ।