मकवानपुर– अर्थ मन्त्रालयले जिल्ला समन्वय समितिमा रहेका विभिन्न कोष (मौजदात कोष) को रकमकाे खाता फुकुवा गरेको छ । साविक जिल्ला विकास समितिमा स्थापना गरिएका विभिन्न कोषमा जम्मा भएको रकम अर्को व्यवस्था नहुँदा सम्मलाई रोक्का गरिएकोमा मन्त्रालयले शुक्रबार हाललाई ती रोक्का राखिएका सबै खाताहरु रोक्का फुकुवा गरेको हो ।
अर्थ मन्त्रालयले गत चैत्र ११ गते महालेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरेर साविक जिल्ला विकास समितिमा स्थापना गरिएको विभिन्न कोषमा जम्मा गरिएको अर्को व्यवस्था नहुँदा सम्मकालाई रोक्का गरेको थियो । तर, जिल्ला समन्वय समितिहरुमा रहेका त्यस्ता रकमहरु स्थानीय तहमा विभिन्न कार्यविधिले तोकेको योजनाहरुमा खर्च भईसकेका तथा केहि योजनाहरु कार्यान्वयनको चरणमा रहेको अवस्थामा मन्त्रालयले खाता रोक्का गर्दा समस्या उत्पन्न हुने भएपछि मनत्रालयले पुन पत्राचार गर्दै खाता सुचारु गरेको हो ।
मन्त्रालयले साविक जिल्ला विकास समितिमा रहेका विभिन्न कोषका रकम हाल रोक्का राखिएका सबै फुकुवा गर्ने निर्णय गरेको हो । साथै मन्त्ती स्तरीय निर्णयले साविकमा कर्मचारी कल्याणका लागि स्थापना गरिएको कोषमा रकम जम्मा गर्न जिससको तर्फबाट नियुक्त कर्मचारी हाल उक्त जिल्लाको जिसस मा कार्यारत रही निजको अवकाशित दायित्व भुक्तानी गर्ने प्रयोजनको लागि लेख्ने बाहेक अन्य अवस्थामा उक्त खातामा रहेको रकम रोक्का राख्ने, र सबै जिसस मा रहेको कर्मचारी कल्याण कोषको रकम यकिन गरी विवरण ३० दिन भित्र उपलब्ध गराउन महालेखा नियन्त्रकको कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयको खाता रोक्का गर्ने निर्णयले जिससको मौजदात कोषकाट सञ्चालित विभिन्न योजनाहरु प्रभावित हुने भएकाले जिसस महासंघ र जिसस महासंघ बागमती प्रदेशले फुकुवाका लागि पहल गरेको थियो ।

No description available.